यी तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने



काठमाडौं । हाल मनसुको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका लगायत पहाडी भू–भाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशभर साधारण तथा बदली हुनेछ । कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुनेछ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २० भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्