मनाङमा उपनिर्वाचन कात्तिक १७ मा हुने



काठमाडौं । हिमाली जिल्ला मनाङमा आगामी कात्तिक १७ गते प्रदेशसभा अन्तर्गत उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपचुनावको कार्यतालिका सहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको जनाएको छ ।

कार्यातालिका अनुसार गएको १३ गतेदेखि चुनाव अवधि शुरू भएको निमित्त निर्वाचन प्रमुख अधिकृत गोविन्दप्रसाद अर्यालले जानकारी दिए ।

मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (२) मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित हुनुभएका राजीव गुरुङ (दीपक मनाङे) अयोग्य ठरिएपछि उपचुनाव हुने भएको हो ।

कात्तिक १७ गते नै रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ मा पनि उपनिर्वाचन हुने तय भइसकेको छ ।

प्रकाशित मिति: २० भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्