कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
काठमाडौँ, भदौ २२ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक अहिले बिहान ९ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ ।
प्रकाशित मिति: २२ भदौ २०८२, आइतबार












