एमालेको विधान महाधिवेशन आज सकिँदै
काठमाडौँ । ललितपुरको गोदावरीमा तीन दिनदेखि चलिरहेको नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदैछ ।
विभिन्न प्रतिवेदनमाथि छलफल गर्न गठित समूहहरूले आफ्नो सुझाव पेस गर्ने र पार्टी अध्यक्ष केपी शर्मा ओलीले त्यसको जवाफ दिएपछि महाधिवेशन सकिनेछ ।
आइतबार बिहान ८ बजेदेखि सुरु भएको बन्दसत्रमा सबै प्रदेश र भूगोलबाट प्रतिनिधित्व गर्ने समूहका नेताहरूले आफ्नो प्रस्तुति राख्नेछन् । त्यसक्रममा उठेका प्रश्नहरूको ओलीले जवाफ दिएपछि आवश्यक निर्णयहरू पारित गरिने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
प्रकाशित मिति: २२ भदौ २०८२, आइतबार












