माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग जागरण अभियान आज लमजुङमा



काठमाडौ । नेकपा माओवादी केन्द्रको मध्यपहाडी राजमार्ग अभियान’अन्तर्गत लमजुङमा आज सभा गर्दै छ ।

माओवादीले सुरु गरेको मध्यपहाडी राजमार्ग अभियानअन्तर्गत आइतबार लमजुङको सुन्दर बजारमा सभा गर्न लागेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । अभियानको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले गरेका छन् ।

बैतडीबाट १ जेठमा सुरु भई १२ जेठमा पोखरा पुगेर स्थगित भएको उक्त अभियान पुन अघि बढाइएको जनाइएको छ । २२ भदौमा दिनभर लमजुङमा कार्यक्रम आयोजना गरी बेलुका गोरखामा बास बस्ने कार्यक्रम रहेको छ ।

यसैगरी २३ भदौमा गोरखामा कार्यक्रम सकेर धादिङ, २४ भदौमा धादिङमा कार्यक्रम गरी नुवाकोट बास बस्ने र २५ भदौमा नुवाकोटमा कार्यक्रम गर्ने कार्यतालिका रहेको छ ।

बाँकी रहेका जिल्लाहरूमा कार्यक्रम पछि तय गरिने माओवादी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: २२ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्