‘जेन जी’ले आज माइतीघरमा प्रदर्शन गर्दै, सुरक्षामा कडाइ
काठमाडौं, भदौ २३ । ‘जेन जी’ पुस्ताले आज (सोमबार) बढ्दो भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दैछन् ।
प्रदर्शन बिहान ११ बजेदेखि सुरु हुने आयोजकहरूले जनाएका छन् । उनीहरुद्वारा जारी विज्ञप्तिअनुसारमा प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण हुनेछ ।
उनीहरूले सरकार र राज्यका निकायहरूलाई शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकको संवैधानिक अधिकारको सम्मान गर्न आह्वान गरेका छन् ।
प्रदर्शनमा सहभागी सबैलाई हिंसा, तोडफोड वा कुनै प्रकारको अव्यवस्था नगर्न आग्रह गरिएको छ ।
प्रकाशित मिति: २३ भदौ २०८२, सोमबार












