माइतीघरबाट जेनजीको प्रदर्शन सुरू
काठमाडौं, भदौ २३ । काठमाडौंमा जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) को प्रदर्शन सुरू भएको छ ।
आज (सोमबार) माइतीघरमा भेला भएका जेनजीले प्रदर्शन सुरू गरेका हुन् । उनीहरुले भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल बन्दविरुद्ध नाराबाजी को लाईविरुद्ध उनीहरू प्रदर्शन को मुख्य एजेन्डा बनाएका छन् ।
माइतीघरमा जम्मा भएर जेनजी ११ बजेतिर मार्चपास गरी बानेश्वरसम्म पुग्ने कार्यक्रम छ । उनीहरुले प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन् ।
आज काठमाडौंबाहेक पोखरा, दाङ लगायत विभिन्न सहरूहरूमा पनि जेनजीले प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।
प्रकाशित मिति: २३ भदौ २०८२, सोमबार












