रवि लामिछानेसँग भेटघाट बन्द



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछानेसँग आजदेखि भेटघाट बन्द भएको छ ।

रासपाका सहप्रवक्ता एवं सांसद मनिष झा लामिछानेसँग आजदेखि भेटघाट बन्द भएको बताए ।

झाले भने- ‘म सभापति भेट्न जाँदै थिए । तर, एकाएक जेल प्रशासनले आजदेखि भेटघाट बन्द भएको जानकारी गरायो ।’

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने अदालतको आदेशमा नख्खु कारागार छन् ।

प्रकाशित मिति: २३ भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्