गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
काठमाडौं, भदौ २३
गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । गृहमन्त्री लेखकले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका छन् ।
जेनजीहरूको सोमबार भएको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित मिति: २३ भदौ २०८२, सोमबार












