ललितपुरका विभिन्न स्थानमा कर्फ्यु आदेश
काठमाडौं, भदौ २४ । ललितपुरका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ ।
जेनजीले मंगलबार पनि प्रदर्शन गर्न सक्ने भन्दै स्थानीय प्रशासनले जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको आदेशमा ललितपुर महानगरपालिकाका वडा नं. ४, १८ र २५ को भैंसेपाटी क्षेत्र, वडा नं. २ स्थित सानोप इन्द्रायणि मार्ग आसपास क्षेत्र र वडा नं. ९ को च्यासल क्षेत्रमा आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको छ ।
जेनजीले सोमबार गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि तनाव सिर्जना भएको छ ।
प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार












