कांग्रेसबाट शेखर पक्षका मन्त्रीले राजीनामा दिँदै
काठमाडौँ, भदौ २४ । काँग्रेसबाट सरकारमा सहभागी नेता डा. शेखर कोइराला पक्षका तीन जना मन्त्रीले सरकार छाड्ने भएका छन् ।
जेनजी पुस्ताको आन्दोलनमा सोमबार सरकारले गरेको दमनको विरोध गर्दै शेखर पक्षका मन्त्रीले राजीनामा दिन लागेका हुन् ।
काँग्रेस भित्रैबाट सरकार छोड्न दवाब सृजना भइरहेका बेला सभापति शेरबहादुर देउवाले समर्थन कायमै राख्ने संकेत दिएपछि नेता कोइरालाले आफूपक्षीय मन्त्रीलाई तत्काल सरकार छाड्न निर्देशन दिएका छन् ।
उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई तत्काल सरकार छाड्न कोइरालाले निर्देशन दिएका छन् ।
प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार












