रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं, भदौ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।
बैठक बनस्थलीस्थित पार्टी कार्यालयमा दिनको १ बजे बस्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा पछिल्लो घटनाक्रम लगायतका विषयमा छलफल गरिने बताइएको छ ।
रास्वपाले सोमबार नै प्रधानमन्त्रीको राजीनामा माग गरिसकेको छ ।
प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार












