काठमाडौँको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश
काठमाडौँ, भदौ २४ । काठमाडौँको चक्रपथ क्षेत्रभित्र कर्फ्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालयले आज (मंगलबार) बिहान ८ः३० बजेदेखि काठमाडौँको चक्रपथ भित्र कर्फ्यू लगाएको हो ।
काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु क्षेत्रमा कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
त्यस्तै बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू–भागमा कर्फ्यू लगाइएको छ ।
प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार












