काठमाडौंका विद्यालय तीन दिन बन्द गर्ने महानगरको निर्णय



काठमाडौं, भदौ २४ । काठमाडौं महानगरपालिकाले भदौ २६ गते (तीन दिन) सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनपछि अवस्था तनावग्रस्त बनेपछि महानगरलेमहानगरपालिकाले आफ्नो क्षेत्र भित्रका सम्पूर्ण विद्यालय भदौ २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

आन्दोलनका क्रममा १९ जनाको मृत्यु भइसकेको छ भने तीन सय भन्दा बढी घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्