जेनजीले दोस्रो दिन बिहानैदेखि बानेश्वरबाट सुरु गरे प्रदर्शन



काठमाडौं, भदौ २४ । जेनजी पुस्ताले काठमाडौंमा दोस्रो दिन बिहानैदेखि सुरु गरेका छन् ।

बिहानैदेखि भेला भएर नयाँ बानेश्वर क्षेत्रमा युवाले प्रदर्शन सुरु गरेका हुन् ।

यद्यपि प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अहिले साढे ८ बजेदेखि अर्को आदेश नआउँदासम्मका लागि कफ्र्यु आदेश जारी गरिसकेको छ ।

सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ । ४२१ जना घाइते भएका छन् ।

प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्