विपक्षी दलहरुको बैठक बस्दै, रास्वपा नजाने
काठमाडौं, भदौ २४ । नेकपा (माओवादी केन्द्र)लगायत विपक्षी दलहहरूको बैठक सिंहदरबारमा बस्दै छ ।
पछिल्लो घटना क्रमलार्ई लिएर विपक्षी दलहरुको बैठक बस्न लागेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
विपक्षी दलहरुको बैठकमा रास्वपा भने सहभागी नहुने भएको छ । पार्टीका सहप्रवक्ता मनिष झाले विपक्षीको बैठक भन्दा पनि आन्तारिक छलफल र पीडितको पक्षमा उभिनुपर्ने भएकाले बैठकमा नजाने बताए ।
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध, भ्रष्टाचारलगायत विषयमा जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शनका क्रममा गोली लागेर १९ जनाको ज्यान गएको छ ।
प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार












