भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यू जारी
काठमाडौं, भदौ २४ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि विभिन्न स्थानमा कफ्र्यू आदेश जारी गरेको छ ।
प्रशासनले अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले बताए ।
उनका अनुसार जडिबुटीदेखि चाँगुनारायणसम्म कफ्र्यू आदेश जारी गरिएको छ ।
प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार












