रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी
बुटवल, भदौ २४ । रुपन्देहीमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा हुन नदिन भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेद्वारा जारी आदेशअनुसार आज (मंगलबार) बिहान ९ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागु गरिएको छ ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।
प्रशासनले आदेशको उल्लंघन गर्ने वा त्यसलाई कार्यान्वयनमा अवरोध गर्नेमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।
प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार












