प्रदर्शनकारीहरुले गरे सञ्चारमन्त्रीको घरमा आगजनी



काठमाडौं । प्रदर्शनकारीले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीहरूले ललितपुरको सुनाकोठीस्थित सञ्चारमन्त्री गुरुङको निवासमा आगजनी गरेका हुन् ।

आन्दोलनकारीहरूले प्रहरीको घेरा तोड्दै निवास परिसरमा प्रवेश गरेर ढुंगामुढा गर्दै घरमा आगो लगाएको प्रहरीले जनाएको छ ।

घरमा लागेको आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ ।

प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्