जेनजी प्रदर्शन : देउवा निवासमा तोडफोडको प्रयास



काठमाडौँ । जेनजी प्रदर्शनकारीहरूले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा तोडफोडको प्रयास गरेका छन्।

बिहान प्रदर्शनकारीहरू देउवा निवासतर्फ अघि बढेका थिए, तर प्रहरीले कृष्णपाटी चोकमा रोक्ने प्रयास गरेको थियो । तर, प्रदर्शनकारीको संख्या बढ्दै गएपछि सुरक्षा बलका लागि चुनौती सिर्जना भएको छ ।

उक्त क्षेत्रमा प्रदर्शनकारीको संख्या धेरै भए पनि प्रहरीको सख्ंया सीमित रहेकोले घटनाको नियन्त्रणमा कठिनाइ देखिएको छ ।

सुरक्षा निकायहरूले परिस्थिति नियन्त्रणमा राख्न र देउवा निवास सुरक्षित गर्न सतर्कता बढाएका छन्।

प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्