जेनजीलाई पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीदेखि मनोज गजुरेलसम्मको साथ



काठमाडौं । सरकारी दमनमा १९ जनाको मृत्यु भएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायतका मानव अधिकारकर्मीहरु सडकमा उत्रिएका छन् ।

उनीहरु घाइतेको अवस्था र आन्दोलनबारे बुझिरहेका छन् । कलाकार मनोज गजुरेल लगायतका कलाकारहरु पनि सडकमा छन् । उनीहरु हरेक अस्पतालमा जानेछन् ।

कार्की घरबाट सोझै मिनभवनमा आएर सिभिल अस्पतालका घाइतेहरूलाई भेट्नुका साथै सडकमा आएर आन्दोलनरत युवाहरूलाई भेटेर ऐक्यबद्धता जनाएकी हुन् ।

त्यसक्रममा केही आन्दोलनकर्मी र अरु युवाले पूर्वप्रधानन्यायाधीश कार्कीलाई भेटेका थिए । उनी केहीबेरमा वीर लगायत अरु अस्पतालमा पुगेर बिरामीको अवस्थाबारे जानकारी लिने र फर्किने योजना छ ।

प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्