गगन थापाको घरमा ढुंगामुढा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा पनि ढुंगामुढा प्रहार भएको छ ।

आज बिहानबाटै प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ ।

प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घरमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।

यसैबीच सोमबार प्रदर्शनकारीले कमलपोखरीस्थित थापाको घरमा पुगेर प्रदर्शन गरिरहेका हुन् ।

अहिले पनि प्रदर्शनकारीहरू थापाको घरमा ढुंगामुढा गरिरहेका छन् ।

प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्