वेस्ट इन्डिजविरुद्ध टी–२० सिरिज खेल्ने नेपाली टोली घोषणा



काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी-२० सिरिजका लागि टिमको घोषणा गरेको छ।

क्यानले सेप्टेम्बर २७, २९ र ३० मा युएईको शारजाह क्रिकेट स्टेडियममा हुने सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो।

नेपाली टिममा रोहित कुमार पौडेल कप्तान, दीपेन्द्र सिंह ऐरी उपकप्तान, कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल रहेका छन्।

यस्तै आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन्। नेपालले पहिलो पटक टेस्ट राष्ट्र टी–२० अन्तराष्ट्रिय सिरिज खेल्न लागेको हो ।

प्रकाशित मिति: ३० भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्