हिलसाइड कलेजले यसरी गर्याे विद्यार्थीलार्इ स्वागत (फाेटाे फिचर)


 


काठमाडाैं, चैत्र १६

राजधानीकाे काेटेश्वर बालकुमारीस्थित हिलसाइड कलेज अफ इन्जिनियरिङले प्रथम सेमेष्टारमा भर्ना भएका विद्यार्थीहरूलार्इ बुधबार भव्य समाराेहकाबिच स्वागत कार्यक्रम गरेकाे छ ।

कलेज प्रांगणमा भएकाे कार्यक्रममा नवअागन्तुक विद्यार्थीहरूलार्इ भव्य स्वागत गर्नुका साथै कलेजमा भएकाे खेलकुद प्रतियाेगिताका विजेताहरूलार्इ पुरस्कार वितरण समेत गरेकाे छ । कार्यक्रममा मनाेरन्जनात्मक सांगीतिक कार्यक्रम समेत भएकाे थियाे ।

कार्यक्रममा विभिन्न वक्ताहरूले कलेजकाे उत्तराेत्तर प्रगतिकाे कामना गरेका थिए भने विद्यार्थीहरूकाे उज्वल भविष्यकाे शुभकामना दिएका थिए । कार्यक्रमकाे उद्घाटन पुल्चाेक इन्जिनियरिङ अध्ययन संस्थानका क्याम्पस प्रमुख प्रा.डा. गाेकर्ण माेत्राले पानसमा बत्ति बालेर गर्नुभएकाे थियाे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रबन्ध सञ्चालक गाेपीकृष्ण न्याैपानेले विद्यार्गीहरूलार्इ लगनशिल भएर अाफ्नाे प्रतिभा प्रस्फुटन गर्न अाग्रह गर्नुभएकाे थियाे । इन्जिनियरहरूले देशकाे भविष्ण निर्माण गर्ने भन्दै न्याैपानेले हिलसाइड कलेजले उत्कृष्ट जनशक्ति उत्पादन गर्ने बताउनुभयाे ।

कार्यक्रममा विभिन्न खेलकुद प्रतियाेगितामा विजयी खेलाडीहरूलार्इ पुरस्कार वितरण गरिएकाे थियाे । कार्यक्रममा पूर्वाञ्चाल विश्वविद्यालय काठमाडाैं सम्पर्क कार्यालका प्रमुख विनय भट्टरार्इ, कलेज सञ्चालक, समाजका लब्ध प्रतिष्ठित व्यक्ति, व्यवस्थापन समितिका सदस्य, शिक्षक, अभिभावक, र विद्यार्थीकाे उल्लेख्य उपस्थिति थियाे ।

कार्यकममा प्रमुख अतिथी, विशिष्ठ अतिथीहरूलार्इ मायाकाे चिनाे प्रदान गरिएकाे थियाे । कार्यक्रमकाे सभापति पूर्व गृहसचिव तथा हिलसाइड कलेजका अध्यक्ष जनार्दन नेपालकाे सभापतित्वमा सम्पन्न भएकाे हाे ।

पूर्वाञ्चल विश्वविद्यालसँग अाबद्द याे कलेज २०६९ सालमा स्थापना भएकाे हाे । हाल यहाँ चार सय विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति: १६ चैत्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्