नेप्से कारोबारमा दोस्रो पटक नकारात्मक सर्किट ब्रेक



काठमाडौं । नेप्से कारोबारको पहिलो घण्टामै दोस्रो पटक सर्किट ब्रेक लागेको छ । पहिलो नकारात्मक सर्किट ब्रेक लागेर २० मिनेट बन्द भएर खुलेको कारोबारमा पुनः दोस्रो सर्किट ब्रेक लागेको हो ।

बजार खुलेको दुई मिनेटमा १०७.०४ अंकले घटेर २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि दोस्रो पटक ११ः२२ मा खुलेको थियो ।

तर, एक मिनेटमै ११ः२३ जाँदा बजार १३३.६१ अंकले घटेर ४० मिनेटका लागि बन्द भयो । अब बजार १२ः०३ मा मात्र खुल्नेछ ।

उक्त अवधिमा १९१ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य बढेको छ । यो अवधिमा २८ करोड ७५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्