रूसमा शक्तिशाली भूकम्प, सुनामीको चेनावनी



काठमाडौं । रूसको पूर्वी तट कामचटका प्रायद्वीपमा बिहीबार शक्तिशाली भूकम्प गएको छ ।

यूएस जियोलोजिकल सर्भेका अनुसार ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको छ ।

यसअघि गत शनिबार पनि कामचटका प्रायद्वीपको पूर्वी तटनजिक ७.१ म्याग्निच्युडको भूकम्प आएको थियो ।

यूएसजीएसका अनुसार शुक्रबार बिहान आएको भूकम्पको केन्द्र रूसको पेट्रोपाव्लोभ्स्क–कामचत्स्कीमा १० किलोमिटरको गहिराइमा थियो ।

भूकम्पपछि स्थानीय प्रशासनले तटीय क्षेत्रमा बस्ने मानिसहरूका लागि अलर्ट जारी गरेको छ । मानिसहरूलाई सतर्क रहन र अग्लो ठाउँमा जान सल्लाह दिइएको छ ।

यो भूकम्प त्यही क्षेत्रमा आएको हो, जहाँ जुलाईमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको थियो ।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्