नेपाली क्रिकेट खेलाडीलाई यूएईले दियो भिसा, भोलि प्रस्थान गर्ने



काठमाडौं । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक ट्वान्टी-२० शृंखलाका निम्ति नेपाली क्रिकेट टिमलाई युनाइटेड अरब इमिरेट्स (यूएई) ले भिसा दिएको छ ।

भिसा प्राप्त गरेसँगै नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
नेपाली टिमको पूर्वनिर्धारित तालिकाअनुसार शुक्रबार असोज ३ शृंखलाका निम्ति यूएई उड्ने तालिका थियो । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नै उनीहरूको बिदाइ कार्यक्रम राखेको थियो । तर, खेलाडीले भिसा नपाउँदा समस्या भएको थियो ।

नेपालमा जेनजी आन्दोलनकै क्रममा हजारौं कैदीहरू जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको थियो ।

नेपालले २७, २९ र ३० सेप्टेम्बरमा तीनवटा टी २० म्याच वेस्ट इन्डिजसँग खेल्नेछ । प्रतियोगिताको सबै खर्च र व्यवस्थापन नेपाल क्रिकेट संघको हुनेछ ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्