स्थानीय वायुको प्रभावले पानी पर्ने सम्भावना



काठमाडौं, असोज ६ । मनसुनी वायुको प्रभाव कमजोर रहेको भएपनि स्थानीय वायुको प्रभावले केही स्थानमा पानी पर्ने सम्भावना देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ ।

आज दिउँसो कोशी प्रदेशका केही ठाउँहरुमा, बाँकी पहाडी भूभागको थोरै ठाउँहरुमा तथा बाँकी तराई भूभागका एक, दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक, दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्