मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध



काठमाडौँ । पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध भएको छ ।

यसअघि तीन दिन लगाएर हटाएको पहिरो खसेकै ठाउँमा आज बिहान फेरि पहिरो खस्दा सडक फेरि अवरुद्ध बनेको हो । खसेको पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका अनुसार यस सडकको विकल्पमा मुग्लिङ–आँबुखैरेनी–गोरखा–ढुवाडेभञ्ज्याङ्ग–घ्याम्पेसाल–आरुघाट–धादिङ्वेशी–मलेखु सडक खण्ड प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्