अस्पतालबाट डिस्चार्ज हुँदै देउवा दम्पती, ललितपुरमा बसोबास हुने
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम कांग्रस सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. आरजु राणा अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन् ।
जेनजी आन्दोलनका क्रममा घाइते भएका उनीहरूको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र उपचारमा संलग्न चिकित्सकहरूले आजको स्वास्थ्यस्थिति विश्लेषण गरेपछि डिस्चार्ज गर्न लागिएको हो ।
डिस्चार्जपछि उनीहरू ललितपुरमा (सानेपा वा जावलाखेल) अस्थायी बसोबास गर्ने देउवाका स्वकीय सचिवले बताएका छन् ।
सानेपा, झम्सिखेलमा डा. राणाको माइती घर र जावलाखेलमा उनका भाइ भूषण राणाको घर छ ।
झम्सिखेलस्थित डा. राणाको स्वामीत्वमा रहेको माइती घरसँगै तरुण दलका पूर्वअध्यक्ष तथा राष्ट्रियसभाका सदस्य जितजंग बस्नेतको घर छ ।
बूढानीलकण्ठको क्षतिग्रस्त घरको पुनःनिर्माणमा समय लाग्ने कारण उक्त घर तयार नहुञ्जेलका निम्ति देउवाको दम्पती त्यहाँ बस्ने तयारीमा रहेको नेपाली कांग्रेसका एक नेताले बताए ।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार
















