हात्तीपाइलेविरुद्धको औषधि खुवाईंदै


 


काठमाण्डौ, चैत्र १७

सरकारले दोस्रो चरण अन्तरगत आज बिभिन्न ५ जिल्लामा हात्तीपाइलेबिरुद्धको औषधि खुवाउँदैछ । पहिलो चरणमा गत ५ गतेदेखि तीन दिन बिभिन्न २५ जिल्लामा औषधि खुवाएको सरकारले आज थप ५ जिल्लामा अभियान सञ्चालन गर्न लागेको हो ।

आजदेखि तीन दिन झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलबस्तुमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । यी जिल्लामा हात्तीपाईले संक्रमितको संख्या बढी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

हात्तीपाइलेविरुद्धको औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी महिलाले सेवान गर्न नहुने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १७ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्