कक्षा १० मा नयाँ पाठ्यक्रम लागु हुँदै


 


काठमाण्डौ, चैत्र १७

आगामी शैक्षिक सत्रदेखि कक्षा १० मा नयाँ पाठ्यक्रम लागु हुने भएको छ । नयाँ शैक्षिक सत्र बैशाख देखि सुरु हुदैछ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले नियमित कार्यक्रम अनुसार नयाँ पाठ्यक्रम लागु हुन लागेको बताए  ।

गत वर्ष कक्षा ९ मा पाठ्यक्रम परिवर्तन भएसँगै यस वर्ष कक्षा दशका लागि परिवर्तन हुन लागेको उनको भनाई थियो । नयाँ पाठ्यक्रम अनुसार अनिवार्य विषय अंग्रेजी, गणित, विज्ञान, सामाजिक लगायतका विषयको पाठ्यपुस्तक छपाई कार्य भइरहेको जनक शिक्षा सामाग्री केन्द्रले जनाएको छ । दश वर्षमा पाठ्यक्रम संशोधन तथा परिमार्जन गर्नुपर्ने प्रावधान अनुसार कक्षा १० को पाठ्यक्रम परिवर्तन हुन लागेको हो ।

प्रकाशित मिति: १७ चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्