यी दुई प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, असोज १९ । हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा अर्थात मनसुनी वायूको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश तथा मधेश प्रदेशका अधिकांश स्थाहरुमा पु्र्ण बदली रही बागमती प्रदेश, लु्म्विनी प्रदेशमा साधारणतया बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने छ ।
कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका लगायत देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार












