उदयपुरमा खोलाले बगाउँदा बालिकाको मृत्यु



उदयपुर, असोज १९ । उदयपुरको त्रियुगा नगरपालिका–५ दमौटीमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

शनिबार दिउँसो २ बजे अम्बिका खोलाले बगाउँदा ३ वर्षीया रेबिका राईको मृत्यु भएको हो ।

खोला नजिकै खेल्ने क्रममा उनलाई उनलाई बगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए ।

उनको शवलाई प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको उनले बताए ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्