बाढीले माइक्रो बस बगाउँदा एक महिला बेपत्ता



काठमाडौँ, असोज १९ । उदयपरको वेलका नगरपालिका–४ लालबजारस्थित बाढीले माइक्रो बस बगाउँदा एकजना महिला बेपत्ता भएकी छन् ।

मोरङको रंगेलीबाट काठमाडौं जाँदै गरेको माइक्रो बस बाटो बन्द भन्ने सूचनापछि मोरङ फर्किने क्रममा बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी केदारमान दोङले जानकारी दिए ।

माइक्रो बस बगाउँदा अन्दाजी ४५ वर्षकी महिला बेपत्ता भएको उनको भनाइ छ । उनको पहिचान खुलेको छैन । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

माइक्रो बसमा चालकसहित २२ जना यात्रु सवार थिए । बाँकी यात्रु सकुशल छन् । एकजना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको डिएसपी दोङले जानकारी दिए ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्