घरमा आगलागी हुँदा जलेर वृद्धाको मृत्यु
नवलपरासी, असोज १९ । गैँडाकोट नगरपालिकामा एक घरमा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ ।
आइतबार बिहान गैँडाकोट नगरपालिका–१० सम्झना चोकमा रहेको घर जल्दा ७९ वर्षीया श्यामकुमारी श्रेष्ठको जलेर मृत्यु भएको हो ।
घरमा एक्लै बस्दै आएकी श्यामकुमारी बस्ने कोठामा जलेर मृत्यु भएको नवलपरासीका प्रहरी प्रमुख युवराज खड्काले जानकारी दिए । घटनास्थलमा पुगेका एसपी खड्काले घटना रहस्यमय जस्तो देखिएका कारण पत्ता लगाउन कुकुर मगाइएको जानकारी दिए ।
श्यामकुमारीका दुई छोरामध्ये जेठा छोरा नजिकै अर्को घरमा बस्ने गरेको र कान्छा छोरा परिवार सहित अमेरिकामा बस्ने गरेका छन् ।
आइतबार बिहान आगलागी भएको र प्रहरी र सशस्त्रको टोलीले बिहान साढे ७ बजे आगो नियन्त्रणमा लिएको थियो ।
प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार












