भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ 



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो ।

शर्मालाई ललितपुरको बख्खुडोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दाङको तुलसीपुर–१६ स्थायी घर रहेका उनलाई आइतबार प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्