मनाङको उपनिर्वाचन स्थगित



काठमाडौं १९ असोज । कात्तिक १७ गतेका लागि तय भएको मनाङ–२ को प्रदेश सभा उपनिर्वाचन निर्वाचन आयोगले स्थगित गरेको छ ।

आयोगको आइतबारको बैठकले उपनिर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । यो क्षेत्रबाट निर्वाचित सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) ज्यान मार्ने कसुरमा दोषी ठहर भएपछि सो स्थान रिक्त थियो ।

पछिल्लो बाढीपहिरो लगायतका विपद्का घटनाका कारण निर्वाचन सम्बन्धि कार्य पनि प्रभावित भएकाले तत्कालका लागि मिति स्थगित गर्ने निर्णय भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

प्रतिनिधि सभाकै निर्वाचन घोषणा भइसकेकाले अब त्यो काममा आयोग लागेको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्