नेपालमा बाढीपहिरोबाट भएको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त



काठमाडौँ, १९ असोज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भीषण वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आइतबार सामाजिक सञ्जाल एक्समार्फत यस कठिन समयमा आफू नेपाली जनता र नेपाल सरकारको साथमा रहेको बताउनुभएको छ । 

साथै प्रधानमन्त्री मोदीले विपद्को घडीमा छिमेकी मित्रराष्ट्रका हैसियतले आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्