धादिङमा छोराले गरे आमाको हत्या



काठमाडौं । धादिङमा गए राति (असोज १९) छोराले आमाको हत्या गरेका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका-५, थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेलले ५५ वर्षीया आमा रमामायाको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं एसपी भेषराज रिजालले घटनालगत्तै खटिएको प्रहरी टोलीले यमबहादुरलाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको बताए । यमबहादुरमाथि थप अनुसन्धान अघि बढाएको उनको भनाइ छ ।

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्