विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै



काठमाडौँ, असोज २१ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मंगलबार बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक बस्न लागेको हो ।

बैठकमा राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढी पहिरोका कारण क्षति भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायत विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्