टेकु दोभानमा महिलाको शव फेला



काठमाडौं । टेकु दोभान क्षेत्रमा मंगलबार बिहान कालीमाटी फलफूल बजार नजिक महिलाको शव फेला परेको छ।

स्थानीयवासीका अनुसार खोला दोभानमा महिलाको मृत शव भेटिएको हो। स्थानीय प्रशासन र प्रहरी टोली घटनास्थलमा पुगेको छ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्