प्रहरीले ओली र लेखकविरुद्धको जाहेरी लिएर आयोगमा पठायो



काठमाडौँ २१ असोज। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौँले उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ ।

सुदन गुरुङलगातको सक्रियतामा जेनजी समूहले जेनजी आन्दोलनमा दमनकारी भूमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न मंगलबार दिएको दिएको जाहेरी बुझेर प्रहरीले थप अनुसन्धानका लागि भन्दै पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगमा पठाएको हो । प्रहरीले भने सो जाहेरी दर्ता गरेको छैन ।
परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जाहेरी लिएर अनुसन्धानका लागि कार्की नेतृत्वको आयोगमा पठाइएको जानकारी दिए ।

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्