बालेन र सुधनविरुद्ध अखिलको जाहेरी
काठमाडौं २१ असोज । काठमाडौंका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले प्रहरीमा जाहेरी दिएका छन् ।
प्रहरीले जाहेरी बुझेको र सरकारी वकिलसँग छलफल गरेर दर्ता गर्ने या नगर्ने २४ घण्टाभित्र निर्णय लिने जानकारी दिएको अखिलले जानकारी दिएको छ ।
अखिलका नेताहरुले आफूहरू कानूनी राज्यको पक्षधर विद्यार्थी भएकाले विधिको शासनको वकालत गर्दै जाहेरी दिएको बताए । उनीहरुले सरकारी वकिलसँगको परामर्शपछि प्रहरीले लिने निर्णयपछि नै आफूहरूले पनि थप निर्णय लिने बताए ।
अखिलले सिंहदरबारलगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरूको हत्या गरिएकोमा बालेन र सुधनलाई आरोपित गरेका छन् ।
प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार












