बालेनकाे प्रष्टिकरणः आन्दोलनकारीको अवरोधले सिंहदरबारमा दमकल जान सकेन



काठमाडौँ, २१ असोज। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आन्दोलनकारीको अवरोधले गर्दा सिंहदरबारमा तत्काल दमकल जान नसकेको स्पष्ट पारेका छन् ।

महानगरमाथि उठेका प्रश्नको सामाजिक सञ्जालमार्फत् मङ्गलबार एकमुष्ट जवाफ दिदैँ प्रमुख साहले यस्तो बताएका हुन ।

‘सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरे पनि आन्दोलनकारीको अवरोध ले गर्दा दमकल जान सकेको थिएन। नेपाली सेनाको दमकल सिंहदरबारभित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन। कारण थियो, हुलले दमकललाई काम गर्न नदिएको। भीड अलिक शान्त हुने बित्तिकै २४ गते साँझ ८:१५ भित्रै काठमाडौं महानगरको दमकल त्यहाँ पुगेको थियो,’ मेयर बालेनले भनेका छन्।

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्