आजको मौसम : कहाँ–कहाँ छ आज वर्षाको सम्भावना ?



काठमाडौं, असोज २२ । हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका केही स्थानमा आंशिक बदली रहेको छ ।

जसले गर्दा सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभाग तथा बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ ।

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

कोशी र मधेस प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्