घरायसी विवादमा श्रीमानले गरे श्रीमतीको हत्या



नुवाकोट, असोज २२ । शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् ।

घरायसी विवादमा मङ्गलबार साँझ उनले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन् । सविनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए ।

अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका छन् । तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्