टेकु दोभानमा एक युवती मृत फेला
काठमाडौँ, असोज २२ । काठमाडौँ महानगरपलिका–१२ टेकुस्थित टेकु दोभानमा एक महिलाको शव फेला परेको छ ।
काभ्रे घर भई हाल काठमाडौँ महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर आज मृत अवस्थामा फेला परेकी हुन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार












