दुई सहायक हबलदारसहित १८ प्रहरी सम्पर्कविहीन
काठमाडौं, असोज २२ । सम्पर्कबिहीन रहेका दुईजना प्रहरी सहायक हवल्दारसहित १८ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन उर्दी जारी गरिएको छ ।
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले सूचना जारी गर्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो ।
गैर हाजिर हुनेमा दुईजना प्रहरी सहायक हबलदार, दुई जना प्राविधिक प्रहरी जवान, एकजना प्रहरी कार्यालय सहयोगी र बाँकी सबै प्रहरी जवान रहेका छन् ।
लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने जनाएको छ ।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार












