रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौँ, असोज २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बुधबार बस्दैछ ।
रास्वपा प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।
उनका अनुसार बैठकमा विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान, सद्भाव यात्राको कार्यसूचीलगायत विविध विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार












